काठमाडौं, असोज १२ । ललितपुर महानगरको कांग्रेस सभापतिमा संस्थापन पक्षका सुभाननरत्न धाख्वा निर्वाचित हुनु भएको छ।
धाख्वाले २८२ मत पाउँदै महानगरको सभापति पदमा जित निश्चित गर्नु भएको हो । उहाँका प्रतिद्वन्द्धी गणेशभक्त श्रेष्ठले २२१ मत पाउनु भएको थियो ।
यसैगरी उपसभापतिमा निशा महर्जन र रामकुमारी लिम्बु निर्वाचित हुनु भएको छ। निशाले २६१ मत पाउँदा रामकुमारीले २६० मत पाउनु भएको हो ।
यता सचिवमा भने दुबैजना धाख्वा टिमबाटै निर्वाचित हुनु भएको छ। राजु ताम्रकार २८५ मत पाउँदै निर्वाचित भए भने सुनिलकुमार थापा २५६ मत पाउँदै सचिव पदमा विजयी हुनुभयो।
सहसचिवमा कुमार श्रेष्ठ र प्रकाश महर्जन निर्वाचित हुनु भयो। कुमारले २४१ मत पाउँदा प्रकाशले २६३ मत पाउनु भयो। निरञ्जन गणेशभक्त टिमको हुनुहुन्छ ।
यो सँगै पदाधिकारीमा दुई जना पौडेल पक्षको जित भएको छ । ललितपुरमा सोमवार गाउँ–नगर अधिवेशन भएको हो।

