Kath Khabar
प्रधानमन्त्री देउवा–प्रचण्डबीच भेटवार्ता

काठमाडौं, असोज १३ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले छलफल भइरहेको छ।

प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बुधबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) जानु भएको हो ।


दुई नेताबीच मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

आफ्ना तर्फबाट थप ककसलाई मन्त्री बनाउने भन्ने विषयमा निर्णय गर्न आजै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। त्यसअघि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न पुगेका हुन्।

पछिल्लो समय सत्तागठबन्धन बीच मन्त्रिपरिषद् विस्तारलाई लिएर सहमति भएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update