Kath Khabar
सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी चढ्यो

काठमाडौं, असोज १३ । काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा प्रतिवादी बनाइएका सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहित ५ जनाको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो।


२०६२ वैशाख १६ गते तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले अर्जुन लामाको अपहरण गरी हत्या गरेका थिए । श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका  थिए ।

उक्त घटनामा हालका सभामुख सापकोटासहित पूर्व सहायक ऊर्जा मन्त्री सूर्यमान दोङ लगायतको प्रत्यक्ष संलग्नता रहेको भन्दै मृतक लामाकी श्रीमती पूर्णीमायाले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update