Kath Khabar
परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्कँदै
फाइल तस्बिर

काठमाडौं, असोज १४ । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिएर आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्न खड्का नेतृत्वको प्रतिनिधिमण्डल गएको ८ गते अमेरिकाको न्युयोर्क पुगेको थियो । राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको थियो ।

उहाँले कोभिड विरुद्धको खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा आर्थिक–सामािजक असर परेको बताउनु भयो। खेपको न्यायपूर्ण र समान तरिकाले वितरण हुनुपर्ने समेत उहाँले सभामा माग गुर्नभयो ।

यस्तै, मन्त्री खड्काले द्धन्द्धग्रस्त मुलुकमा शान्ति स्थापना कायम गर्नु पर्ने बताउनु भयो । मन्त्री खड्काले महासभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका  विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

उहाँ अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update