Kath Khabar
आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, असोज १४ ।  संघीय संसद्‍अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँबानेश्वरमा बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा राष्‍ट्रपति कार्यालयबाट राजनीतिक दलसम्‍बन्‍धी अध्यादेश खारेजसम्‍बन्‍धी पत्रको व्यहोरा पढेर सुनाउने सम्‍भावित कार्यसूची छ ।

त्‍यस्तै आजको बैठकमा प्रधानमन्‍त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको  ५८औँ वार्षिक प्रतिवेदन २०७८ पेस गर्नु हुने छ ।

संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्‍तर अवरोध गर्दै आएको छ। एमालेको अवरोध आज पनि जारी रहने सम्‍भावना छ । तर, संसदको गतिरोध अन‍त्य गर्न प्रधानमन्‍त्री देउवा नेतृत्वमा सर्वदलीय बैठक बसिरहेको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारामा बसेको हो ।

 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update