Kath Khabar
आजभोलि नै मन्त्रिपरिषद विस्तार हुन्छ :अध्यक्ष दाहाल

काठमाडौं, असोज १४ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज÷भोलि नै मन्त्रिपरिषद विस्तार हुने बताउनु भएको छ। शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले मन्त्रिपरिषद बिस्तारमा अब ढिलाइ नहुने बताउनु भयो।

उहाँले आफनो पार्टीले पुनः महत्वपूर्ण मन्त्रालय पाउने बताउनु भएको छ । माओवादी केन्द्रले हाल अर्थ र उर्जा मन्त्रालयको जिम्मेवारी पाएको छ ।

दाहालले साँझा न्युनतमा कार्यक्रममा भएको विषय कार्यान्वयन गराउन आफूले पहल गर्ने बताउनु भयो। गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रममा समेत शहीद परिवारका ऐजेण्डा समेटिएकाले कार्यान्वयनका लागि आफूले पहल गरिरहेको प्रचण्डको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार गठन भएको करिब ८० दिन हुदा पनि सरकार विस्तार हुन सकेको छैन । सत्ता गठबन्धनका बीच सहमति नहुदाँ सरकार विस्तार हुन नसकेको नेताहरुको भनाई छ ।
 यसअघि राजनीतिक दल सम्बन्धि अध्यादेशलाई देखाएर गठबन्धनले सरकार बिस्तारमा ढिलाइ गरेको थियो। तर, मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिसक्नु भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update