Kath Khabar
राष्ट्रियसभाको बैठक स्थगित



काठमाडौँ, असोज १७ । राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update