Kath Khabar
११ जिल्लाका ‘सिडिओ’ फेरिए, देउवाको गृह जिल्लामा पनि फेरिए ‘सिडिओ’

काठमाडौं, असोज १७ । सरकारले सह–सचिव सहित १६ जनाको सरुवा गरेको छ। ती मध्ये ११ जना प्रमुख जिल्ला अधिकारी रहेका छन् । प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्ने क्रममा प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा समेत रहेको छ।

गृह मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई सिडिओ बनाइएको छ। गृहका सहसचिव कमलराज ढकाललाई भोजपुरको सिडिओ बनाइएको छ।

यस्तै गृहकै सहसचिव जयनारायण आचार्यको जिल्ला प्रशासन कार्यालय कास्कीमा सरूवा गरिएको छ। यस्तै लमजुङको सिडिओमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी,  मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, तेह्रथुममा अनोजकुमार घिमिरे, सप्तरीमा विष्णु लामिछानेको सरूवा भएको छ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update