Kath Khabar
संखुवासभा कांग्रेस सभापतिमा दीपक खड्का बिजयी

संखुवासभा, असोज १८ । नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिको सभापतिमा दीपक खड्का विजयी हुनु भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार खड्काले एक हजार एक सय ९८ मत ल्याएर सभापतिमा विजयी हुनु भएको हो ।

खड्का वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिनु हुन्छ । उहाँले सभापतिका अर्का उम्मेदवार राईमान राईलाई  पराजित गर्नु भएको हो । राईले ११० मत प्राप्त गर्नु भएको थियो ।
उहाँ  पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत हुन्।

उपसभापतिमा राजकुमार जिमी र अनन्त गौली निर्वाचित हुनु भयो भने सचिवमा टकमान घले र कुमारबाबु अधिकारी तथा सहसचिवमा किशोरकुमार गुरूङ र सुवास कालाखेती विजयी भए ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update