Kath Khabar
कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित

चरिकोट, असोज १९ । नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित हुनुभएको छ । चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो ।

लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गर्नुभयो । यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा  मतदान भएको हो ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update