एकीकृत नेकपा समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं, असोज १९। नेताहरुको कार्यविभाजन गर्न एकीकृत नेकपा समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । असोज २१ गते बिहीबार ११ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
मंगलबारको बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन एजेण्डा रहेको छ । केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको छैन । उपचार पछि अध्यक्ष नेपाल सोमबार घर फर्किनु भएको छ ।
यसअघि सो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गरेको थियो । नेकपा एसले अहिलेसम्म मन्त्रिमण्डलमा सहभागीता जनाउने सदस्यको नाम टुँगो लगाउन सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८ १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय