
काठमाडौं, असोज २० । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) जनतासमाजवादी पार्टी मन्त्रालय बाँडफाँडलाई लिएर सहमत भएका छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयको भागबण्डाबारे सहमति जुटेको हो । बैठकमा काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जसपाले ४–४ वटा मन्त्रालय लिने सहमति भएको छ ।
देउवा प्रधानमन्त्री भएको ८४ औं दिन पछि सरकार विस्तार हुन सकेको अर्थात् सत्ता गठबन्धन मन्त्रालय बाँडफाँडमा सहमत भएका हुन् ।
काँग्रेसले गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउनेछ । यस्तै सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला र युवा तथा खेलकुद मन्त्रालयपनि काँग्रेसकै भागमा छ । माओवादी केन्द्रले अर्थ, उर्जाका साथै सहकारी, खानेपानी, नेकपा एसले पर्यटन, श्रम लगायतका मन्त्रालय लिने सहमति भएको हो ।
यस्तो छ मन्त्रालय भागबण्डा :–
कांग्रेस : गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद
माओवादी : अर्थ, ऊर्जा, शिक्षा–विज्ञान तथा प्रविधि, भूमि व्यवस्था–सहकारी तथा गरिबी निवारण, उद्योग–वाणिज्य तथा आपूर्ति र खानेपानी
एकीकृत समाजवादी : पर्यटन तथा नागरिक उड्डयन, कानुन–न्याय तथा संसदीय मामिला, श्रम रोजगार तथा सामाजिक सुरक्षा र सहरी विकास
जसपा : भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण