Kath Khabar
पूर्व आईजीपी प्रकाश अर्याल र पूर्व एआईजी बमबहादुर भण्डारी बढुवाका लागि भारतीय दुतवास नपुगेको दावी
पूर्व आईजीपी प्रकाश अर्याल र पूर्व एआईजी बमबहादुर भण्डारी

काठमाडौं, असोज २४ । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बमबहादुर भण्डारीले नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेको पुस्तकमा नेपाल प्रहरीको व्यवसायिकताबारे तथ्यहीन र भ्रामक प्रसंग उठाइको भन्दै त्यसको निन्दा गर्नु भएको छ । यो सँगै रेको पुस्तक विवादित हुन पुगेको छ ।

पूर्व आईजीपी अर्याल र एआईजी भण्डारीले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको स्वाभिमान र सम्प्रभुतामाथि हुनसक्ने हस्तक्षेपलाई पुष्टि गर्ने हेतुले पुस्तकमा झुटा विवरण उल्लेख गरिएको भन्दै आपत्ति जनाउनु भएको हो ।

अर्याल र भण्डारीका अनुसार पुस्तकमा आफूहरु बढुवाका लागि भारतीय दूतावास पुगेको भन्ने झुटा विवरण उल्लेख गरेर रेले निकृष्ट काम गर्नु भएको आरोप लगाउनु भएको छ । उक्त प्रसंगले आफूहरुको मानमर्दन भएको भन्दै पुस्तकबाट सो प्रसंग हटाउन मागसमेत गरिएको छ ।

उहाँहरुले आफ्नो कार्यकालमा राजदूत रेसँग प्रत्येक्ष भेटघाटै नभएको दावी गर्नु भएको छ । यस्तै राजदुत रेले आफनो पुस्तकमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले राजदूत रेलाई फोन गरेर आईजी उम्मेद्वारबारे राय मागेको समेत उल्लेख गर्नु भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update