उपचाररत मोहन वैद्यको अवस्था बुझन गृहमन्त्री खाँड नर्भिकमा

काठमाडौं, कार्तिक २ । गृहमन्त्री बालकृष्णा खाँण नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल पुग्नु भएको छ ।
गृहमन्त्री खाँणले मंगलबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेर महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । अस्पतालमा वैद्यलाई भेटेर उहाँले सरकारको तर्फबाट स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।
लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचारबारे मन्त्री खाँणले उपचारमा संलग्न चिकित्सकसँग पनि जानकारी लिनु भएको हो ।
वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको मन्त्री खाणले बताउनु भएको छ । महासचिव वैद्यलाई अझै केहि दिन अस्पताल राखिने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८ ११:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय