Kath Khabar
प्रधानमन्त्री देउवा स्कटल्याण्ड जाने

काठमाडौँ, कार्तिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्याण्ड हुने भएको छ ।


प्रधानमन्त्री देउवा स्कटल्याण्डको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुन त्यसतर्फ जान लाग्नु भएको हो ।   

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ । ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदैछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update