Kath Khabar
सामाजिक सञ्जालमा ‘भाइरल’ पुण्य गौतम नेकपा एसका केन्द्रीय सदस्यमा मनोनयन
तस्बिर : गौतमको फेसबुक पेजबाट

काठमाडौं, कार्तिक ३ । सामाजिक सञ्जालमा ‘भाइरल’ पुण्य गौतम नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य बन्नु भएको छ । गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनयन गरेको जानकारी दिनु भएको छ ।


गौतमले लेख्नु भएको छ , ‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय अध्यक्ष एवं सम्माननीय पूर्वप्रधानमन्त्री क। माधव नेपाल र हाम्रो पार्टीप्रति हार्दिक आभारी छु।’

यसअघि गौतम एमालेनिकट हुनुहुन्थ्यो। उहाँ फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा ‘भाइरल’ चिर्चित हुनुहुन्छ ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update