Kath Khabar
प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते बस्ने

काठमाडौं, कार्तिक ३ । प्रतिनिधि सभाको कात्तिक ९ गते मंगलवारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको छ ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा मंगलवार जारी सूचनापत्रमा विशेष कारणबश बैठक बस्न नसक्ने उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक कात्तिक ११ गते बिहीवार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको पनि सूचनापत्रमार्फत जानकारी दिइएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update