Kath Khabar
एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं, कार्तिक ४ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार अपरान्ह ३ बजे बैठक बस्न लागेको हो । एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।

राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल गर्ने पनि एजेन्डा छन्। एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताएको छ।

एमालेको राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ। महाधिवेशन कहाँ गर्ने भन्नेबारे पनि आज छलफल हुनेबताइएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update