Kath Khabar
बाढी–पहिरोबाट मुत्यु भएका परिवारलाई २५ हजार दिने काँग्रेसको घोषणा

काठमाडौं, कार्तिक ४ । सत्तारुढ दल नेपाली काँग्रेसले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ । काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेको हो ।

समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्ति मृतकका परिवारलाई २५ हजार राहत उपलब्ध गराउने उल्लेख छ ।

बाढी–पहिरो पीडितको उद्दार तथा राहतमा जुट्न पनि संयोजक बस्नेतले आग्रह गर्नु भएको छ । साथै उहाँले सरकार सम्बन्धित निकाय, गैर सरकारी संस्था, स्वदेश तथा विदेशमा रहेका सहयोगी मनलाई सहयोगका लागि अनुरोध समेत गर्नु भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update