
काठमाडौं, कार्तिक ४। वाग्मती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न बिहीबार गठबन्धनको बैठक बस्ने भएको छ ।बिहीबार अपराह्न वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।
स्रोतका अनुसार बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ । सत्ता गठबन्धनको निर्णयसँगै मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले निरन्तरता पाउने÷नपाउने टुँगो लगाउने छ ।
गत २४ असोजमा बसेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश गर्नु भएको थियो । आजको बैठकमा उहाँले विश्वासको मत लिनु हुनेछ । वाग्मती प्रदेशसभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) रहेका छन् ।