Kath Khabar
कांग्रेस महामन्त्री टोली आज भारत जाँदै

काठमाडौं, कार्तिक ६ । नेपाली काँग्रेको महामन्त्रीको टोली शनिबार भारत भ्रमणमा जाने भएको छ । काँग्रेस महामन्त्री डा. शशांक कोइरालको टोली शनिबार भारत भ्रमण जान लागेको हो ।

यसअघि सह–महामन्त्री प्रकाशशरण महतको टोली भारत भ्रमण गरी फर्किएको थियो । काँग्रेस टोलीको पछिल्लो लगातार जस्तो भारत भ्रमणले काँग्रेस पार्टीको भारत मोह त होइन भन्ने भान समेत पर्न गएको छ ।

महामन्त्रीको कोइरालाको टोली शनिबार विमानमार्फत काठमाडौंबाट भैरहवा र त्यहाँबाट मुम्बई प्रस्थान गर्ने डा. कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनु भयो।

भारत भ्रमण टोलीमा पूर्वमन्त्रीद्वय दीपक खड्का र दीपक गिरी पनि जानु हुनेछ । मुम्बइमा कांग्रेस नेता कर्मा घलेलाइ भेट्ने कार्यक्रम छ। घले मुम्बईमा उपचाररत हुनुहुन्छ । यस्तै स्वदेश फर्किनुअघि दिल्लीमा उपचाररत नेता प्रदीप गिरीलार्इ समेत भेट्ने कार्यक्रम तय भएको छ। डा. कोइरालाको टोली सोमबार दिल्ली हुँदै काठमाडौ फर्किनेछ।

 

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update