Kath Khabar
प्रधानमन्त्री देउवाले बोलाउनुभयो मन्त्रिपरिषद बैठक

काठमाडौं, कार्तिक ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको हो ।  सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाउनु भएको हो ।

बैठकमा बाढी–पहिरो पीडितहरुको सम्बोधन गर्ने विषयमा छलफल गरिने बताइएको छ । यस्तै सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update