Kath Khabar
दक्षिण अफ्रिकाका राजदूतद्वारा ओहोदाको प्रमाण–पत्र पेश


काठमाडौं, कात्तिक ८ । नेपालका लागि दक्षिण अफ्रिकाका गैह्र आवासीय राजदूत जे एस डेबेलेले यहीं कार्तिक ५ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाण–पत्र पेश गर्नुभएको छ ।  

उक्त समारोहमा नेपालस्थित दक्षिण अफ्रिकाका अवैतनिक राजदूत प्रदीपकुमार श्रेष्ठ र नयाँदिल्ली स्थित दक्षिण अफ्रिकाको हाई कमिसनका तृतीय सचिव थ्रुष्टन माथेइको उपस्थिति रहेको थियो । नेपालको तिन दिने भ्रमणको अवसरमा महामहिम राजदूतले मन्त्री, सचिव, उद्योगी–व्यवसायी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुसंंग द्विपक्षीय चासोका विषयमा भेटवार्ता गर्नु भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update