Kath Khabar
आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुने  

काठमाडौं, वैशाख १९ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) अवसरमा शुभकामन सन्देश जारी गर्दै शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आर्थिक वर्ष २०७८/७९ बाट श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ हुने गरी वृद्धि गरेको बताउनु भयो । 

उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आव २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी १५ हजार रुपैयाँ पुराउने तथा सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनु भयो । यसअघि श्रमिकको न्यूनतम परिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ रहेको थियो । 

यस्तै प्रधानमन्त्री ओलीले श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानूनी रुपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाइ श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवद्र्धन गरेको समेत बताउनु भयो  ।  

 आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाँच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँको बीमा गरिएको उहाँको भनाई छ । “विसं २०७५ मङ्सिर ११ बाट योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भइसकेको छ, वैदेशिक रोजगारीमा भएकाको सुविधाका अनलाइन श्रम स्वीकृति प्रणाली अगाडि ल्याइएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो , “सामाजिक क्षेत्रमा लागानी गर्न निकै उत्साहित भएका छन्, जीवन पहिला हो, त्यसपछि श्रम हो ।’प्रधानमन्त्री ओलीले हाल मुलुकमा चलिरहेको कोभिड महामारीको दोस्रो लहर पीडादायी भएको समेत बताउनु भएको छ  । 

“कोभिडको दोस्रो लहर शुरु भएको छ, यो निकै पीडादायी र विनाशकारी छ, त्यही भएर सर्तसहित निषेधाज्ञा लागू भएको छ”, उहाँले भन्नु भयो, “जीवनको पहिला सुरक्षा गरौँ, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन सधैँ अनुरोध छ ।”

  प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एशियामा भारतपछि नेपाल भएको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताउनुभएको छ । उहाँले कोभिडको महामारीलाई असल व्यवहारले मात्र परास्त गर्न सकिने भएको हुँदा जनस्वास्थ्यको मापदण्डको पालना गर्न आग्रह गर्नुभयो । “कामको सुरक्षा र थप रोजगारीको प्रयास सरकारको सदा हुनेछ”, उहाँले सम्बोधनको क्रममा भन्नुभयो , “नेपाली ट्रेड युनियन आन्दोलनले जनताको पीडालाई हेर्न पनि सिकाएको छ ।” मे दिवस विसं २००३ देखि २०४६ सम्म नेपालको सङ्गठित श्रम आन्दोलनका रुपमा मनाउन थालिएको सन्देशमा उल्लेख छ ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरशंकर चौधरीले मजदुर र उद्योगीहरुको सहकार्यबाट नै औद्योगिक प्रवद्र्धनको विकास, विस्तार एवम् सुदृढीकरणमा सहयोग पुग्ने हुँदा श्रमिक दिवसले हामी सबैलाई सहयात्रा तथा सहकार्यका लािग थप उर्जा तथा प्रेरण प्रदान गर्ने बताउनु भयो । 

उहाँले औद्योगिक शान्ति तथा उद्योग व्यवसायको विस्तार, रोजगारीको सिर्जनाको दरिलो आधार र दिगो, फराकिलो एवम् सन्तुलित आर्थिक समृद्धिका साक्षा लक्ष्य प्राप्तिका लागि सरकार, ट्रेड युनियन र उद्योगबिच त्रिपक्षीय सहकार्य तथा सहयाता गर्न आवश्यक छ तथा औद्योगिक शान्ति र असल श्रम सम्बन्धको विकासका लागि आवश्यक त्रिपक्षीय समन्वय, सहकार्य र सहअस्तित्व प्रवद्र्धनमा मजदुर दिवसको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।

श्रममन्त्री चौधरीले देशको सामाजिक तथा आर्थिक रुपान्तरणको शक्तिका रुपमा रहेको श्रमशक्तिलाई दक्ष, सीपयुक्त तथा व्यावसायिक बनाउन र स्वदेश मै रोजगारी सिर्जना गर्न सरकार लािग परेको बताउनु भयो । शनिबार १३४ औं श्रमिक दिवस मनाइएको हो ।

 श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि  
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरलाई सम्बोधन गर्ने क्रममा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आर्थिक वर्ष २०७८/७९ बाट श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ हुने गरी वृद्धि गरेको बताउनु भयो । उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आव २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी १५ हजार रुपैयाँ पुराउने तथा सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनु भयो  । यसअघि श्रमिकको न्यूनतम परिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ रहेको थियो । 

अब मासिक रु १३ हजार ४५० रु १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा १३२ वर्ष अगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेका विरुद्ध आवाज उठाएर शुरु भएको दिवसका रुपमा मनाउँदै आएको स्मरण गर्दै उक्त शुभकामना व्यक्त गर्नुभएको हो । “कोभिडको दोस्रो लहर शुरु भएको छ, यो निकै पीडादायी र विनाशकारी छ, त्यही भएर सर्तसहित निषेधाज्ञा लागू भएको छ”, सन्देशमा भनिएको छ, “जीवनको पहिला सुरक्षा गरौँ, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन सधैँ अनुरोध छ ।”

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एशियामा भारतपछि नेपाल भएको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताउनुभएको छ । उहाँले कोभिडको महामारीलाई असल व्यवहारले मात्र परास्त गर्न सकिने भएको हुँदा जनस्वास्थ्यको मापदण्डको पालना गर्न आग्रह गर्नुभयो । “कामको सुरक्षा र थप रोजगारीको प्रयास सरकारको सदा हुनेछ”, सन्देशमा भनिएको छ, “नेपाली ट्रेड युनियन आन्दोलनले जनताको पीडालाई हेर्न पनि सिकाएको छ ।” मे दिवस विसं २००३ देखि २०४६ सम्म नेपालको सङ्गठित श्रम आन्दोलनका रुपमा मनाउन थालिएको सन्देशमा उल्लेख छ ।

विश्वव्यापी रुपमा कार्यथलोमा हरेक दिन सात हजार ६०० मानिस मर्ने गरेका छन् । दक्षिण एशियामा लगभग चार हजार ५०० श्रमिकको भवन भत्किएर ज्यान जाने गरेको छ । हरेक दिन ४१० मजदूरको निर्माणस्थलमै मर्ने गरेको छ । समग्रमा २० लाख ७८ हजार मानिसले कामसँग सम्बन्धित भएर ज्यान गुमारहेका छन् । कोभिडका कारण गत वर्ष २५ करोड काम गुम्यो, अहिले २५ करोड काम खतरामा परेको अन्तरराष्ट्रिय रुपमा प्रक्षेपण गरिएको कुरा सन्देशमा उल्लेख छ ।  
     
प्रधानमन्त्री ओलीले श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानूनी रुपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाइ श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवद्र्धन गरेको उल्लेख छ ।  त्यस्तै आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई रु एक लाखको बीमा गरिएको सन्देशमा उल्लेख छ । “विसं २०७५ मङ्सिर ११ बाट योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भइसकेको छ, वैदेशिक रोजगारीमा भएकाको सुविधाका अनलाइन श्रम स्वीकृति प्रणाली अगाडि ल्याइएको छ”, सन्देशमा भनिएको छ, “सामाजिक क्षेत्रमा लागानी गर्न निकै उत्साहित भएका छन्, जीवन पहिला हो, त्यसपछि श्रम हो ।”

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update