Kath Khabar
न्यायपालिकामा देखिएको समस्या छिटो समाधान गर नभए क्षति पुग्न सक्छ : न्यायाधीश समाज

काठमाडौं, कार्तिक ९ । न्यायाधीश समाज नेपालले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई लिएर देखिएको विवाद छिटो समाधान गर्नुपर्ने बताइएको छ । न्यापालिका उपर निष्पक्षताको कुरामा प्रश्न खडा हुनु र भागबण्डाको आरोप लागेका समाचार, दृष्टिकोण, टिकाटिप्पणी आदि सामाजिक सन्जाल र आम सञ्चार मार्फत् सार्वजनिक हुनु दुःखद विषय भएको भन्दै यसलाई समाधान गर्नु पर्ने न्यायाधीश समाजका उपाध्यक्ष बाबुराम रेग्मीले बताउनु भएको छ ।

उपाध्यक्ष रेग्मीले सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘न्यापालिका उपर निष्पक्षताको कुरामा प्रश्न खडा हुनु र भागबण्डाको आरोप लागेका समाचार, दृष्टिकोण, टिकाटिप्पणी आदि सामाजिक सन्जाल र आम सञ्चार मार्फत् सार्वजनिक हुनु दुःखद विषय हो । यस्ता कुरामा संवेदनशील र गम्भीर हुनुपर्दछ । वास्तविकता के हो भन्ने कुरा छानविन पश्चात एकीन हुन सक्दछ ।’

सार्वजनिक रुपमा उठाइएका प्रश्नहरु सत्य–तथ्यमा आधारित छन् भने त्यसलाई गम्भीर र आपत्तीजनक कार्य मान्नुपर्ने भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता कुराहरुलाई लामो समयसम्म कुनै निकास नदिई त्यत्तिकै राख्दा न्यायपालिकालाई थप क्षति पुग्न सक्ने हुँदा यस्ता कुराको समयमा नै समाधान खोजिनुपर्छ ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update