Kath Khabar
सर्वोच्च परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति, पत्रकारलाई कडाई

काठमाडौं, कार्तिक १० । सर्वोच्च अदालत परिसरमा बाक्लो सुरक्षाकर्मी राखिएको छ । यो सँगै सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । न्यायालयभित्र बढ्दो विवादका बीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । यस्तै रामशाहपथ क्षेत्रमा सुरक्षा  बढाइएको छ ।

पछिल्लो केही दिनयता न्यायाधीसहरुसहित नेपाल बारसमेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहनु भएको छ । हाल प्रधानन्यायाधीशको विवादलाई लिएर राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाज, कर्मचारी तथा आम नागरिकको ध्यान सर्वोच्च अदालततर्फ रहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजनीतिक भागबन्डा खोजे सँगै सर्वोच्च अदालत विवादको घेरमा तानिएको छ । प्रधानन्यायाधीश राणा भने राजीनामा नदिने बरु महाभियोग लागे त्यसको फेस गर्न तयार रहने बताउँदै आउनु भएको छ ।  

यस्तै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्नु भएको छ। उहाँहरुले प्रधानन्यायाधीश राणाले राजीनामा नदिए आफूहरु बुधबार देखि आन्दोलनमा उत्रिने बताउनु भएको छ । नेपाल बार एशोसियशनका पदाधिकारीहरुले बुधबारदेखि इजलास बहिष्कार लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update