Kath Khabar
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा



काठमाडौं, कात्तिक १०। वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिनुभएको हो। उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज राजीनामा पेश गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गर्नुभएको थियो ।
 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update