Kath Khabar
संसदको चालू अधिवेशन अन्त्य

काठमाडौँ, कार्तिक १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदका दुवै सदनको चालू अधिवेशन शुक्रबार राति १२ बजदेखि अन्त्य गर्नु भएको छ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिसअनुसार शुक्रबार चालू अधिवेशन अन्त्य गर्नु भएको हो ।

यही कात्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक र गत असोज २५ गते बसेको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।

शुक्रबार रातिदेखि दुवै सदन अन्त्य भएको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update