Kath Khabar
सेतो र कालोपट्टी बाँधेर  सर्वोच्च परिसरमा कानून व्यवसायीहरुको  प्रदर्शन

काठमाडौं, कार्तिक १४ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कानुनी व्यवसायीहरुले सर्वोच्च परिसरमा प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा कानून व्यवसायीहरुले कसैले सेतोपट्टी त कसैले कालोपट्टी  बाँधेर प्रदर्शन गरेका छन् । बारले राखेको राजीनामाको मागमा असहमति जनाउँदै  सेतोपट्टी बाँधका उक्त समूहले प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्नु भएको हो। उहाँहरुले संवैधानिक प्रक्रियाविपरीत बलजफ्ती प्रधानन्यायाधीशको राजीनामा माग र सर्वोच्चका न्यायाधीशहरूको इजलास बहिष्कारप्रति असहमति राख्नु भएको छ ।

 बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरिरहँदा अर्को समूहले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको हो। बारका सबै मागप्रति सहमत नभएका केही कानुन व्यवसायीहरूले भने हातमा कालो र सेतो दुवैपट्टी बाँधेर प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update