Kath Khabar
‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधिश राजीनामा देउ’  भन्दै आज पनि प्रदर्शन

काठमाडौं, कार्तिक १५ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले सोमबार पनि सर्वोच्च परिसरमा प्रदर्शन गर्नु भएको छ । उहाँहरुले ‘ न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधिश राजीनामा देउ’ भन्ने नारा लेखेको कालो ब्याननर बोकेर सोमबार पनि  प्रधान्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा प्रदर्शन गर्नु भएको हो ।

उहाँहरुले सोमबार साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिने पूर्वनिर्धारित कार्यक्रम छ । धर्ना दिनेका लागि गएका कानुन व्यवसायीहरुलाई सोमबार सर्वोच्च अदालतको बीच भागमा पुग्न दिएको छैन । उहाँहरुलाई प्रहरीले रोकेको छ ।

आइतबार कानून व्यवसायीहरुले कसैले सेतोपट्टी त कसैले कालोपट्टी  बाँधेर प्रदर्शन गर्नु भएको थियो भने सोमबार कालो ब्यानर बोकेर प्रदर्शन गर्नु भएको छ। उहाँहरुले संवैधानिक प्रक्रियाविपरीत बलजफ्ती प्रधानन्यायाधीशको राजीनामा माग र सर्वोच्चका न्यायाधीशहरूको इजलास बहिष्कारप्रति असहमति राख्दै आउनु भएको छ ।

कानुन व्यवसायीहरुले  तिहारअघिका चार दिन कालोपट्टी बाँधेर विरोध जनाउने, हरेक दिन एक घण्टा कोण सभा गरेर विरोध जनाउने तथा बारले राणाले राजीनामा नदिउन्जेल आन्दोलन जारी राख्ने बताएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update