Kath Khabar
तेस्रो दिन पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै सर्वोच्च परिसरमा प्रदर्शन, ‘ग्रेसफुल एक्जिट’को प्रस्तावले रोक्किएला प्रदर्शन

काठमाडौं, कार्तिक १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले मंगलबार पनि सर्वोच्च परिसरमा प्रदर्शन गर्नु भएको छ । उहाँहरुले ‘ न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधिश राजीनामा देउ’ भन्ने नारा लेखेको कालो ब्याननर बोकेर मंगलबार पनि  प्रधान्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा प्रदर्शन गर्नु भएको हो ।

प्रदर्शनको क्रममा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिनु भएको छ । उहाँहरुले  प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बार र सर्वोच्चमा विरोध जनाउनु भएको हो ।

यसअघि नेपाल बारले प्रधान्यायाधीश राणालाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटमको समयसीमा मंगलबार सकिदैछ। राणाले पदबाट राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने कानुन व्यवसायीहरुले बताउँदै आउनु भएको छ।यसअघि आइतबार, सोमबार कानुन व्यसायीहरुले सर्वोच्च परिसरमा प्रदर्शन गर्दै आउनु भएको थियो ।

प्रधानन्यायाधीश राणाले अदालतको गरिमा कायम राख्न नसकेको भन्दै गत कार्त्तिक १४ गतेदेखि कानुन व्यवसायीहरु आन्दोलित हुनुहुन्छ ।  सडकबाट राजीनामा दे भन्दैमा आफूले राजीनामा नदिने बताउदै आउनु भएका राणाले आफू सर्वोच्च अदालतबाट ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) को प्रस्ताव अघि सार्नु भएको छ ।

सोमबार  प्रधानन्यायाधीश राणाले  ‘ग्रेसफुल एक्जिट’को प्रस्तावको सम्बन्धमा तीन जना न्यायाधीशसँग समेत छलफल गर्नु भएको छ । सोमबार साँझ ६ बजे न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटार जानु भएको थियो । उहाँहरुसँग न्यायाधीश राणाले करिब दुई घण्टा छलफल गर्नु भएको थियो । छलफल भए पनि हालसम्म प्रधानन्यायाधीश राणाको सर्वोच्चमा कायम रहेन वा बार्हिगमन हुने विषय भने सार्वजनिक भएको छैन ।

 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update