Kath Khabar
आजका लागि प्रधानन्यायाधीशले तोक्नु भयो ६ इजलास

काठमाडौं, कार्तिक ६ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार आज १० न्यायाधीशका लागि ६ वटा इजलास  तोक्नु भएको छ । मंगलबारको सबै इजलासमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटको पेशी तोकिएको छ।

यस्तै प्रधानन्यायाधीश राणाले आफूलाई भने इजलास राख्नु भएको छैन ।  नेपाल बार एशोसिएसनले उहाँलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ भने सर्वोच्चका अन्य न्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाका लागि इजलासमा नबस्ने घोषणा गर्नु भएको छ । यसअघि सोमबार पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएको थियो

यता कानुन व्यवसायीहरुले  सर्वोच्च परिसरमा  तेस्रो दिनको विरोध कार्यक्रम जारी राख्नु भएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update