Kath Khabar
लुम्बिनी प्रदेशमा के भएको हो ? पढ्नुहोस् मूख्यमन्त्री शंकर पोखरेलको स्पष्टीकरण

काठमाडौं, वैशाख २० 
लुम्बिनी प्रदेशमा नेकपा (एमाले) प्रदेशसभा दल वहुमतप्राप्त दलको अवस्थामा रहेको समयमा मुख्यमन्त्रीमा दावी गरिएको हो । दलको वैठकले सर्वसम्मतरुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो । नियुक्ती पनि त्यसै आधारमा भएको हो । नियुक्तिपछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ ।
विमला कुमारी खत्री फागुन २३ को फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुदै आउनु भएको हो । उक्त विवरण त्यतिवेला नै प्रदेश सभामा दर्ता भइसकेको छ । अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य हो । यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ । चर्चामा ल्याइएका अन्य सांसदहरु समेत दलको वैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाउनु भएको हो । सूर्य चिन्हबाट चुनाव लड्नुभएका उहाँहरुको समर्थन कानुनीरुपमा समेत अन्यदललाई हुन सक्तैन । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुर देउवा पुष्पकमल दाहाल (प्रचण्ड) र उपेन्द्र यादवलाई नहुनु आश्चर्यको कुरा हो ।
अविश्वासको प्रस्ताव दर्तापछि जनता समाजवादी पार्टी (जसपा) का चारजना सदस्यहरुलाई अल्पमत रहेका दलका सदस्यको सिफारिसका आधारमा कारवाहीको षडयन्त्रपूर्ण नाटक मञ्चनपछि नेकपा (एमाले) वहुमतप्राप्त दल बनेको हो । वहुमतप्राप्त दललाई सरकार सञ्चालनको संवैधानिक दायित्व रहन्छ ।
जसपाका चारजना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्विकार गरिसक्नु भएको छ । पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको दावी उहाँहरुको छ । संविधानले एउटा चुनाव चिन्ह लिएर चुनाव जिल्नेहरुलाई अर्को दल परिवर्तको अधिकार दिएको छैन । चुनाव चिन्ह सूर्य लिएकाहरु हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्ने कुरा लज्जास्पद विषय हो ।
जसपाका वहुमत सदस्यहरुले कारवाहीका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नु भएको छ । सो रिटको पक्षमा फैसला हुनासाथ लुम्विनी सरकार सुदृढ पोजिसनमा हुनेछ । नियुक्तिपछिको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको अनुचित धर्ना सोही मनस्थितीको उपज हो । शुर्य चिन्ह लिएर उम्मेदवार भइ सांसद भएकाहरुलाई अर्को दलले आफ्नो पक्षको भनेर दावी गर्ने कुरा संविधान विरोधी र अराजनीतिक कुरा हो । यसप्रकरणमा के कस्ता हतकण्डा प्रयोग भए समयक्रममा खुल्दै जानेछन् । वहुमतप्राप्त दललाई सरकार गठन गर्ने अधिकार सदैव रहन्छ र रहिरहने छ । संवैधानिकरुपमा उत्पन्न विवादको निरुपण भएर वहुमत गुमेको अवस्थामा सरकारमा रहिरहने कुरा सम्भव छैन । तर अहिलेको अवस्था त्यो होइन । जुन साथीहरुले अराजनीतिक हर्ष ट्रेडिङको खेल खेलिरहनु भएको छ उहाँहरुले लुम्विनी सरकार विरुद्ध प्रपोगाण्डा संचालन गर्नु स्वभाविक हो । जहाँसम्म प्रदेश सरकारको कामको कुरा छ सात प्रदेशमा लुम्विनी प्रदेश अगाडि नै छ र आगामीदिनमा पनि रहने छ ।
 (साभार ः लुम्बिनी प्रदेशका मूख्यमन्त्री पोखरेलको फेसबुकबाट ) 
 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update