Kath Khabar
प्रधानन्यायाधीश राणाले आफैंलाई तोके इजलास

काठमाडौं, कार्तिक २२ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सर्वोच्च अदालतमा सोमबारका लागि ६ वटा इजलास तोक्नु भएको छ। यस्तै ७ मुद्दाको पेशी तोकिएको सर्वोच्चको दैनिक पेसि सूचीमा उल्लेख छ।

प्रधानन्यायाधीश राणाले २ एकल इजलास र ४ संयुक्त इजलास तोक्नु भएको हो । पेशी तोकिएमा सबै मुद्दा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्।

यस्तै, प्रधानन्याायधीश राणाले ले सोमबार आफ्नो पनि इजलास तोक्नु भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले पनि मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्। तर, प्रधानन्यायाधीश राणा भने राजीनामा दिन तयार हुनुहुन्न । तिहारका लागि १८ गतेदेखि  बिदा (बन्द) भएको सर्वोच्च अदालत सोमाबार देखि खुलेको हो ।

प्रधानन्यायाधीश राणाले अदालतको गरिमा कायम राख्न नसकेको भन्दै गत कार्त्तिक १४ गतेदेखि कानुन व्यवसायीहरु आन्दोलित हुनुहुन्छ ।  सडकबाट राजीनामा दे भन्दैमा आफूले राजीनामा नदिने बताउदै आउनु भएका राणाले आफू सर्वोच्च अदालतबाट ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) को प्रस्ताव अघि सार्नु भएको छ ।

जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएनले सोमबार कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update