Kath Khabar
प्रधानन्यायाधीशले तोक्नु भयो  सबैखाले मुद्दामा पेशी , १० इजलासमा २९८ मुद्दाको पेशी

काठमाडौं, कार्तिक २३ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बन्दी प्रत्यक्षीकरणसहितका सबैखाले मुद्दामा पेशी तोक्नु भएको छ । मंगलबारका लागि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाको एकल इजलाससहित ९ संयुक्त इजलासमा २९८ मुद्दाको सुनुवाई तोकिएको छ।

आन्दोलनरत न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने निर्णय गरेको भोलीपल्ट उहाँले सबै मुद्दामाथि सुनुवाइ तोक्नु भएको हो । नेपाल बारले समेत प्रधानन्यायाधीशलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ। तर, जबराले केही दिन आफ्नो लागि इजलास तोक्नु भएको थिएन ।  
यो सँगै बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश राणाले मंगलबार त्यो सहमति तोड्नु भएको छ।

प्रधानन्यायाधीश राणाले सोमबार आफुसहितको संयुक्त इजलास गठन गर्नु भएको थियो । तर, न्यायाधीशले उहाँसँगको इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीश राणाले आफ्ना लागि तोकेको इजलास रोकिएको थियो।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update