Kath Khabar
नेपाल बारले उपत्यकामा सबै अदालतका इजलास २ घण्टा बहिष्कार गर्ने

काठमाडौं, कार्तिक २३ । प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा कानन व्यवसायीहरुको आन्दोलनलाई वेवास्ता गर्दै अघि बढे सँगै नेपाल बार एसोसियसनले बिहीबारदेखि उपत्यकाका सबै अदालतमा दुई घण्टा इजलास बहिष्कारको घोषणा गरेको छ। बिहीबारदेखि उपत्यकाका सबै अदालतमा कानुन व्यवसायीले दुई घण्टा इजलास नजाने घोषणा गर्नु भएको हो ।

उपत्यकाका तीनवटै जिल्ला अदालत उच्च अदालत र विशेष अदालत र सर्वोच्च अदालतमा १० बजेदेखि १२ बजेसम्म बेन्चमा नजाने निर्णय भएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनु भयो ।

‘न्यायपालिकाको गरिमा बचाउन पछिल्लो निर्णय गर्नु परेको हो ’, श्रेष्ठले भन्नु भयो, ‘प्रधानन्यायाधीश  राणा आफ्नो पद बचाउन अगाडि बढेकाले न्यायपालिका ध्वस्त हुन लागेको छ। नागरिक समाजलाई आन्दोलनमा साथ दिन आग्रह गर्छौँ।’

प्रधानन्यायाधीशले आफूखुसी पेशी तोक्न थालेकाले अब कडा आन्दोलनमा जानुको विकल्प नभएको उहाँको भनाई छ । यस्तै मंगलबार न्यायाधीश पक्षका कानुन व्यवसायीहरुले समेत सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्नु भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update