प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्न खोज्ने ३ जना पक्राउ
काठमाडौं, कार्तिक २३। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले प्रधान्यायाधीश राणा पक्षधर तीन जना प्रदर्शनकारीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको थियो । बारमा जबरजस्ती प्रवेश गर्न खोज्नेलाई भने प्रहरीले बाहिर निकालेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८ १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय