Kath Khabar
कोरियाको पुनर्मिलनको बारेमा बिज्ञहरुद्वारा छलफल

काठमाडौं, वैशाख २० । विगत सात दशकमा अझै पनि विभाजित र प्राविधिकरूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि समाजका सबै क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र अन्तरदृष्टि प्रस्तुत गरेका छन् । त्यहाँ आशावादको भावना थियो, किनकि कोरियालीहरूलाई खेल परिवर्तन गर्ने यस चुनौतीपूर्ण कार्यको नेतृत्व गर्न प्रोत्साहित गरिएको थियो । 

अप्रिल २०२१ को अप्रिल महिनाको चौथो सप्ताहमा सम्पन्न उक्त तीन दिवसीय भर्चुअल सम्मेलनमा उत्तर दक्षिण कोरियाको पुनर्मिलनको सवालमा बिभिन्न दृष्टिकोणहरुमा छलफल भएको थियो । एशिया प्रशान्त क्षेत्रमा सम्पन्न सम्मेलनको लागि ४५ राष्ट्रका लगभग २० हजार व्यक्तिले नाम दर्ता गरेका थिए । अनुमानित दुुईु लाख ५० हजार दर्शकहरूले सम्मेलनलाई सामाजिक मिडिया प्रत्यक्ष प्रसारण मार्फत हेरेका थिए । ८० जना वक्ताहरुमा, नौ पूर्व राष्ट्र प्रमुख सहित, प्रथम महिला र संसदहरूले सम्बोधन गरेका थिए ।
अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन २०२१, वा छोटकरीमा आइ एल सि २०२१, युनिभर्सल पीस फेडरेशनले आयोजना गरेको थियो । यूपीएफको स्थापना सन २००५ मा स्वर्गीय रेभ. डा. सुन म्योङ मुन र उहाँकी धर्मपत्नी डा. हाक जा हान मुन जो अहिले यस विश्व साम्राज्यको नेतृत्व गरिरहनु भएको छ, उहाँद्वारा गरिएको थियो । कार्यक्रमको मुख्य विषय थियो, कोरियाको शान्तिपूर्ण पुनर्मिलनतर्फस् एक एकीकृत विश्वको लागि जग निर्माण ।

एशिया प्रशान्त क्षेत्रमा, आइ एल सि २०२१ अंग्रेजीमा आयोजित गरिएको थियो भने अन्य आठ भाषाहरूमा  अनुवाद उपलब्ध थियो । त्यस्तै ३ दिवसीय कार्यक्रम कोरिया, जापान, अमेरिका, युरोप र मध्य पूर्व, अफ्रिका साथै उत्तर र दक्षिण अमेरिकामा आयोजना गरिएको थियो। राम्रा पक्ष र बेफाइदाहरु, चुनौतीहरू अनि अवसरहरू सबै एकै टेबलमा थिए । सभाले निस्चित रुपमा यसमा साहसीक प्रयास गर्दछ, तर यसमा जोखिमभन्दा पनि अवसरहरू धेरै छन् । अहिलेसम्म अभ्यास नगरिएको आर्थिक बिकासले  राष्ट्रिय र क्षेत्रीय समृद्धिलाई गति प्रदान गर्न सम्भव हुनेछ । यसका साथै कोरियाको ऐतिहासिक विभाजनलाई सम्बोधन गर्नु भनेको प्रायद्वीपमा भएको गतिरोध अन्त्य गर्नु हो जसले उत्तरपुर्वी  एशिया र विश्वव्यापीरूपमा शान्ति ल्याउनेछ ।  वक्ताहरूले सकारात्मक विकास अगाडि बढेको देखेका छन । 

नौ वटा सत्रहरु तल उल्लेखित विशेषमा केन्द्रित थिए । राज्य प्रमुखहरु, संसद सदस्यहरु, प्रथम महिला र महिला नेत्रीहरु, शिक्षाविद्हरु, धार्मिक नेताहरु, व्यापार अधिकारीहरु, मिडिया व्यक्तित्व, संस्कृति र कला। मे ८ मा सम्पन्न हुने समापन सत्रमा थिंक ट्यांक २०२२ को स्थापनाको लागि निरन्तर ध्यान केन्द्रित हुनेछ, जहाँ सबै सरोकारवालाहरुलाई  गहन छलफलका लागि अनुमति दिइनेछ । 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update