Kath Khabar
१२ औँ राष्ट्रिय जनगणना सफल बनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, कार्तिक २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले  ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि १२ औँ राष्ट्रिय जनगणना सफल बनाउन सम्पूर्ण देशवासीलाई आग्रह गर्नु भएको छ । बिहीबार बिहान १२ औँ राष्ट्रिय जनगणना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भको रुपमा रहेको राष्ट्रिय जनगणना, २०७८ आजबाट सुरु हुँदैछ सही विवरण उपलब्ध गराई दिनु हुन सबैमा आग्रह गर्नु भएको छ ।

‘सही विवरण उपलव्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछु’, उहाँले भन्नु भयो ।

बिहीबार बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update