Kath Khabar
जनगणना सफल बनाउन एमाले अध्यक्ष ओलीको आग्रह
फाईल

काठमाडौं, कार्तिक २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २५ गतेदेखि सुुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गर्नु भएको छ।

पूर्वप्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने भएकाले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गर्नु भएको हो ।

उहाँले आज जारी गरेको सन्देशमा घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन अपिल गर्नुभएको छ ।  रासस

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update