Kath Khabar
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर देउवा सरकारले जनताको ढाड सेक्ने काम गर्यो

काठमाडौं, कार्तिक २५ । नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)  ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै खाना पकाउने ग्यासको मूल्य पनि एक सिलिन्डरमा ७५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

‘ सरकारले कोभिड १९ लगायत विभिन्न विपत्तिबाट प्रताडित नेपाली जनतालाई राहत दिनुको सटा पटक–पटक पेट्रोलिय पदार्थको मूल्यवृद्धि गरेर नेपाली जनताको ढाड सेक्ने काम गरेको छ । उक्त कार्यप्रति हाम्रो संगठन घोर निन्दा एवम् भत्सर्ना गर्दछ । निरन्तरको मूल्यवृद्धिले महँगी बढ्दै जाँदा जनताको दैनिकी चल्नै नसक्ने र चुल्होसमते नबलने अवस्था सिर्जना हुदै गइरहेको छ’, विज्ञप्तिमा भनिएको छ । अन्यथा, सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी क्रान्तिकारीले दिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update