Kath Khabar
आज देशभरबाट महाधिवेशन प्रतिनिधि छान्दै एमाले

काठमाडौं, कार्तिक २७ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज शनिबार देशभरबाट एकसाथ महाधिवेशन प्रतिनिधि चयन गर्दैछ। त्यसका लागि एमालेले देशभर आज एकैसाथ चुनाव गर्ने भएको छ।

संगठित सदस्यबीच निर्वाचन गरेर महाधिवेशन प्रतिनिधि छान्न लागिएको हो। । नेकपा एमालेका अनुसार पार्टीमा हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन्।

महाधिवेशनका लागि एमालेले कुल १ हजार ९ सय ९९ प्रतिनिधि चयन हुने जनाएको छ।

कतिपय जिल्लामा भने एमालेले यसअघि नै सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिसकेको छ। सकेसम्म सर्वसम्मत र हुन नसके चुनाव गरिने एमाले नेताहरूले बताउनु भएको छ। धेरैजसो सर्वसम्मतबाटै प्रतिनिधि चयन गरिने बताइएको छ ।


कतिपय जिल्ला र क्षेत्रमा यसअघि नै सर्वसम्म प्रतिनिधि चयन भइसकेका छन्। प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गर्नुपर्ने एमालेले जनाएको छ।  यसमा ८ सयसम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना चयन गर्नुपर्ने एमालेले जनाएको छ।

आगामी मंसिर १० देखि १२ गतेसम्म एमाले दशौं राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना हुँदैछ।

यसरी चयन गरिनेछ महाधिवेशन प्रतिनिधि

  • प्रदेश र सोसरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा २ महिलासहित ५ जना।
  • प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गतका १२ सयसम्म पार्टी सदस्यमध्येबाट कम्तीमा १ महिलासहित ३ जना।
  • सो संख्यामा ८ सयसम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा
  • ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा  १ जना महिला अनिवार्य
  • देशका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्यमध्येबाट १ जना। सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जना।
  • भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा ३ महिलासहित ७ जना।
  • केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारी र सदस्यमध्येबाट १५ जना। सल्लाहकार परिषदका अन्य सदस्य पनि राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पाउने तर मत हाल्न नपाउने।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update