महान्यायाधिवक्ताको कार्यालय गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश
काठमाडौं, कार्तिक २८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च प्रवेश गर्नु भएको छ । महान्यायाधिवक्ताको कार्यालय गेटबाट प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत जानु भएको हो ।
राणालाई अदालत प्रवेशमा रोक लगाउन कानुन व्यवसायीहरु आइतबार बिहानैदेखि मुल गेटमा धर्ना बस्नु भएको थियो । धर्नालाई छल्दै उहाँ वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गर्नु भएको हो । यसअघि पनि प्रधानन्यायाधीश राणा महान्यायाधीवक्ताको कार्यालय गेटबाट सर्वोच्च प्रवेश गर्नु भएको थियो ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आइतबार सर्वोच्च अदालतको मुलद्धारमा धर्ना दिनु भएको छ । प्रधानन्यायाधीश राणालाई सर्वोच्चामा प्रवेश गर्न नदिने उद्देश्यका साथ उहाँहरुले मुलद्धारमा धर्ना दिनु भएको हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८ ११:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय