काठमाडौं, कार्तिक २९ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले सोमबार पनि प्रदर्शन गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी पनि बढाइएको छ ।
प्रदर्शनको क्रममा सर्वोच्च अदालत परिसरभित्र प्रहरी र वकिलहरुबीच केहीबेर घम्साघम्सी भएको छ । नेपाल बार एसोसिएसनको कार्यालयबाट सर्वोच्च अदालत छिर्ने क्रममा वकिलहरुलाई प्रहरीले रोक्न खोज्दा केहीबेर घम्साघम्सी भएको थियो ।वकिलहरुलाई अदालत परिसरबाट मुख्य गेट अगाडी धर्ना दिन जाने क्रममा प्रहरीले रोक्न खोजेको थियो ।
यस्तै, प्रधानन्यायाधीश पक्षधारले पनि सोमबार सर्वाृेच्चको गेट बाहिर प्रदर्शन गर्नु भएको छ । प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्रेर लगेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले दुई सातादेखि धर्ना दिँदै आएको छ ।