Kath Khabar
प्रधान्यायाधीश राणाको वार्ता आह्वान आन्दोलनरत पक्षधरद्धारा अस्वीकार, राजीनामा कै अडान

काठमाडौं, कार्तिक २९ ।  नेपाल बार एसोसिएसनले आफूहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने जवाफ फर्काएका छन्। सोमबार बिहान प्रधानन्यायाधीशले आन्दोलनरत पक्षलाई विग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गर्नु भएको थियो । सोको जवाफ दिँदै नेपाल एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशलाई वातामा नबस्ने जवाफ दिनु भएको हो । हामी वार्तामा बस्दैनौं, तत्काल प्रधानन्यायाधीले राजीनामा दिनुपर्छ, उहाँले भन्नु भयो ।

सोमबार विज्ञप्ति जारी गर्दै उहाँले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको बताउनु भएको छ ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गर्नु भएको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update