Kath Khabar
आज मुख्यमन्त्री  राईले विश्वासको मत लिनु हुदै

काठमाडौं, कार्तिक ३० । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले मंगलबार विश्वासको मत लिँदै हुनुहुन्छ । कात्तिक १६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगै गठबन्धन दलका सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको  नेकपा एकीकृत समाजवादी पार्टीका नेता राईले मंगलबार विश्वासको मत लिन लाग्नु भएको हो ।  दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मत आफनो पक्षमा पार्नको लागि उहाँले सोमाबार देखि गठबन्धन दलका सांसदहरुलाई विराटनगरको एक होटलमा राख्नुभएको छ ।

नेकपा एमालेले सांसदहरुलाई विभिन्न प्रलोभन दिएर भड्काउन सक्ने शङ्कामा सांसदहरुलाई होटलमा राखिएको मुख्यमन्त्री समर्थक सदस्यले जनाएका छन् ।

९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एक जना सांसद रहेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका राईको पक्षमा ५० जना सांसदले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update