Kath Khabar
आजदेखि कांग्रेस कैलालीको पालिकास्तरिय अधिवेशन सुरु

धनगढी, कार्तिक ३०। नेपाली कांग्रेस कैलालीको पालिकास्तरिय अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ । कार्तिक २७ गतेबाट शुरु भएको वडा अधिवेशन सम्पन्न भएपछि आजदेखि पालिका स्तरिय अधिवेशन गर्न लागिएको हो ।
वडा अधिवेशनमा अधिकांश वडामा सर्वसम्मत कार्यसमिति तथा प्रतिनिधी छनौट गरेको पार्टीले पालिकामा पनि सर्वसम्मत ढंगले पदाधिकारी चयन गर्ने तयारी गरेको जनाइएको छ ।

‘हामीले पालिकामा सर्वसम्मत ढंगले नै पदाधिकारी चयन गराउन छलफल गरिरहेका छौं’ पार्टीका प्रचार–प्रसार विभाग प्रमुख नृपबहादुर सुनारले भन्नु भयो , ‘सोमवार साँझसम्म गौरीगंगा नगरपालिकामा चुनाव हुने देखिएको छ । अन्यमा छलफल भइरहेको छ ।’

प्रदेशकै एकमात्र उपमहानगरपालिकामा नगर सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गर्नु भएको छ  ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को सभापतिका लागि नेता भीम पडालले पनि उम्मेदवारी घोषणा गर्नु भएको छ । कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुनेछ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुनेछ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ ।

यस्तै, डण्डीराज सुवेदीले धनगढी उपमहानगरपालिका कार्यसमिति सचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update