Kath Khabar
सर्वोच्च परिसरमा प्रहरीले खोस्यो वकिलहरुको माइक

काठमाडौं, कार्तिक ३० । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन मंगलबार पनि धर्नामा उत्रिएको छ ।

२३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेका छन् । प्रधानन्यायाधीश जबराले सोमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर, नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ ।
यसैबीच धर्ना दिएका वकिलहरु र प्रहरीबीच ठेलमठेल भएको छ । प्रहरीले वकिलले लिएको माइक आफूले लिएको छ । प्रहरीले माइक लिए सँगै उहाँहरुले  ‘विचौलियाका नाइके कुर्सी छोड’ भन्दै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्नु भएको छ । 

सर्वोच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बस्नु भएको छेन ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update