अध्यक्ष दाहाल आउने खुसीयालीमा रामगोपालपुर नगरपालिकाले दियो सार्वजनिक बिदा (सूचना सहित)

काठमाडौं, मंसिर १ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य केन्द्रहरु उद्घाटन गर्ने कार्यक्रम रहेको भन्दै महोत्तरीको रामगोपालपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ ।
नगर प्रमुख अशोककुमार मण्डलले मंगलबार सूचना जारी गर्दै जिल्लाका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नं २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटन कार्यक्रमका लागि सार्वजनिक बिदा दिएको जानकारी गराउनु भयो ।
उहाँका अनुसार कार्यक्रम बुधबार मध्याह्न १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र, रामगोपालपुर–१ मा भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८ ०७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय