Kath Khabar
कृषिमन्त्रीमा नियुक्त शाहीद्वारा शपथग्रहण
नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही ।

कर्णाली, मंसिर १ । कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

मन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष मङ्गलबार शपथग्रहण गर्नुभएको हो । शाहीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा शाहीलाई नियुक्त गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद् दुई सदस्यीय बनेको छ ।

मन्त्री शाहीले मङ्गलबार नै पदबहाली गर्नुभएको छ । सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठकले शाहीलाई मन्त्रीमा सिफारिस गरेको थियो । उहाँ नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कर्णाली प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update